
- राजन घिमिरे
लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा कार्य गर्दै आएको संस्था हो बाबा एजुकेशन कन्सल्टेन्सी । बिध्यार्थीहरूको बिश्वास जित्दै आइरहेको यो संस्थाले अष्ट्रेलिया र नेपालबाट सेवा प्रदान गरिरहेको छ । शैक्षिक परामर्श दातासंगै अष्ट्रेलियामा सामाजिक दायित्व र सहभागितालाई पनि बाबाले निरन्तरता दिंदै आइरहेको छ । नेपाली सासंकृतिक कार्यक्रमको आयोजनादेखी नेपाली चलचित्र प्रदर्शनसम्म आफ्नो सहभागिता जनाउंदै आएको बाबाको टाइटल प्रायोजनमा सिड्नीमा बाबा होली मेला कार्यक्रमको आयोजना हुने भएको छ ।
मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार दुई दिन आयोजना हुने भएको छ । बाबा होली मेला नाम दिइएको यो कार्यक्रम सिड्नीको चर्चित पार्क बरूउड पार्कमा आयोजना गरिन लागिएको जानकारी बाबा एजुकेशनका प्रमुख रबिन्द्रकुमार शर्माले दिएका छन । कार्यक्रममा प्रबेश निःशुल्क राखिएको छ भने कार्यक्रम निकै भब्य र सभ्य हुने अपेक्षा गरिएको छ -‘ सिड्नीमा रहनु हुने नेपालीहरूलाई होलीको अबसरमा एउटै थलोमा जमघट गराउंने हाम्रो उद्देश्य हो ।
प्रबासमा नेपाली संस्कृति र चाडबाड मनाऊँदा निर्धक्क भएर मनाउंन पाईयोस भनेर नै आयोजकले प्रबेश निःशुल्क गरेका हो । हामीलाई बिश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउंन आउंनु हुने छ । उहांहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो -‘ बाबा एजुकेशनका शर्माले भने । बरूउड पार्कमा आयोजना हुने होली मेलामा शिब परियार , मानसराज, आमेश भण्डारी र नटकेस लगायतका चर्चित कलाकारहरूले बिभिन्न प्रस्तुतिहरू पस्कंने भएका छन । यतिबेला यो कार्यक्रमले सिड्नीमा राम्रै चर्चा र लोकप्रियता हांसिल गरिरहेको छ ।