NRN
को हुन कुमा सागर…? नजिकबाट चिनौं….॥

- राजन घिमिरे

यतिबेला चर्चित छन गायक कुमा सागर । आफ्नै बिशिष्ट शैली , पहिचान र पृथक क्षमताका धनी यी गायकले गायन बिधा मार्फत आफ्नो संस्कृतिलाई पनि बिश्व मांझ पुर्याई रहेका छन । गायन क्षेत्रमा कुमा सागरको नामले चिनिएका उनको बास्तबिक नाम सिद्दी सागर प्रजापति हो -‘ मेरो यो नाम मेरो हजूर बुबासंग जोड़िएर आएको हो । मेरो बुवा आमाले मेरो यो नाम त्यसै अनुरूप राखिदिनु भएको हो -‘ उनले भने - ‘ सानोमा म बाजेसंग भजन जाने गर्दथे । मेरो आमाले पनि भजन जा भनेर प्रेरित गर्नु हुन्थ्यो ।

मेरो गायन यात्रा र म यो बिधामा लाग्नुमा मेरो बाजेको गुण र प्रभाब पनि हो-‘ । कुमा सानैदेखी पढ्नमा अल्छी थिए । उनी यो कुरा स्विकार्छन , उनले भने -‘ खै किन हो किन मलाई पढ्न भनेपछी सानैदेखी अल्छी लाग्ने ।तर मेरो घरमा के भने पढाईलाई महत्व दिने गरिन्थ्यो । स्कूलबाट भागेर बिभिन्न कार्यक्रम हेर्न जानु वा मिल्यो भने भाग पनि लिनु मेरो रूचीको बिषय थियो । त्यस कारणले पनि मलाई गायन बिधाप्रति अभिरुचि जाग्नु मेरो मनदेखीको चाह थियो -‘ । कुमाले पहिलोपटक गितारको कट बजाउंन सिकेर गाएको गित चिहानकी परी थियो ।

उनले गितार बजाउंन बाहिरका साथीहरूकै गितार बजाएर सिकेका थिए -‘ तर बाहिर अरूको गितार बजाएर मात्र सिक्न नसकिने चेत पाएपछि एउटा दाजूले गितार बेच्न लाग्नु भएको थाहा पाएँ । उहांले गितारको रेट पन्ध्र सय भन्नु भयो । मसंग पाँच सय थियो । थप एक हजार पछि दिने शर्तामा उहांसंग त्यो गितार किने । यो क्षण मेरो लागि औंधी खुशीको क्षण थियो - ‘ उनले बिगत सम्झिए । आफू एक समय अति नै बिग्रेर हिडेको कुरालाई कुमा स्विकार्छन । त्यति बेला परिबार, आफन्त र साथी भाईलाई आफूले साह्रै दुख दिएकोमा आज उनी दुख मान्छन ।

उनी भन्छन -‘ समय त्यति बेला मेरो ठिक थिएन । के सही के गलत भन्ने नै थाहा थिएन । तर आज समयले सबै ठिक पारेको छ -‘ उनी भन्छन । कुमा सागर यस्ता गायक हुन जसले नेवारी भाषा र संस्कृतिलाई बचाएर राखेका छन ।अहिलेको जेनेरेसनमा धेरैले आफ्ना भाषा र संस्कार बिर्सिए होलान तर कुमा सागरले भूलेका छैनन् र बिर्सिएका छैनन् । बरू उनले आजको समयमा पनि आफ्नो भाषा , शैली , संस्कृति र परिचानलाई गीत - संगीत मार्फत बिश्व मांझ बिस्तार गरिरहेका छन । यो कार्य गर्ने कुमा सागरको जति तारिफ र प्रशंसा गरे पनि कमै हुन्छ -‘ जो कोहीले पनि आफ्नो भाषा र संस्कृतिप्रति गौरब गर्न सक्नु पर्छ । हामीसंग भएको सम्पत्ति नै यही हो -‘ उनी भन्छन ।

जब कुमा सागर गीत गाउंछन तब,नेपाली भाषा र नेवारी टोनको मिश्रणले गितमा अझै सुर र मिठास थपिदिन्छ । पछिल्लो समय चर्चा र ख्यातिको चरमचुलीमा पुग्न सफल गायक हुन कुमा सागर । लोकल बाजा बजाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने तर्फ कुमा सागरको ठूलो हात र महत्वपूर्ण भूमिका रहेको छ । सादा जिबन र उच्च बिचार उनको अर्को पहिचान र बिशेषता हुन ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update