चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने समाजवादी मोर्चाको निर्णय

विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । समाजवादी मोर्चाको आज बसेको बैठकमा १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको हो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए । एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरु बैठकमा सहभागी भएका थिए ।
यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्