
चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया पिउने मात्रै हैन यो साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो ।
त्यसैले हिजो आज जताततै विभिन्न ब्राण्डमा चियाका पसल खुलेका छन् र ती चिया पसलमा मानिसहरु झुम्मिएकै हुन्छन् ।
बयस्कदेखि बृद्धा अवस्थाकाले चियाको चुस्की लिन्छन् । एक कप चियाले हजारौ खुशी मिल्छ भनिन्छ । चियाले न भोक मेट्छ न पोषण दिन्छ । तर, सम्बन्धहरु न्यानो बनाइराख्छ । सम्बन्ध जोड्ने र मोड्ने सेतुको काम चियाले गरिरहेको हुन्छ । त्यसैले चियालाई थकाई मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रुपमा लिइन्छ ।
बजारमा बग्रेल्ती चियाका ब्राण्ड खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि...। यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’ । राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चिया पसललाई फरक शैलीमा नयाँ ब्रान्डका रुपमा स्थापित गरेका छन् । सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको पोखरेल मट्का चिया जो कोहीको मुखमा झुण्डिने शब्द हो ।
चिया चुस्की मार्न, साथिभाई र आपफ्न्तजनसँग गफ्फिने उपयुक्त थलोका रुपमा विकसित भएको छ । पछिल्लो समय विभिन्न ब्राण्डले खुलेका चियापसल आन्तरिक र विदेशी पर्यटकको आकर्षक स्थलको रुपमा पनि विकसित भइरहेका छन् ।
काठमाडौँ महानगरपालिका वडा २९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र एक सय हाराहारी चिया पसल खुलेका छन् । कतिपय चिया पसल भनेरै दर्ता भएका छन् भने धेरै बेकरी, खाजाघर आदी नामले सञ्चालनमा छन् । पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्राण्डका चिया पसल खुल्नेगरेको वडा सचिव बरालले बताउनुभयो ।
सिंहदरबारको पूर्वीगेट अनामनगरमा म्युजिक नेपाल जाने गल्लीमा रहेको यो चियापसल अहिले चिया पारखीको अखडा बनेको छ । मड्का चिया मात्रै हैन १९ थरिका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गर्छ । नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका सौखिनहरु अनामनगरको पोख्रेल चियागल्लीमा पुग्छन् अनि चियाको मज्जा लिल्छन् ।
पुर्खेउली घर स्याङ्जाका पोखरेल दाइले चियाको यो ब्राण्ड स्थापित गर्नुपछाडिका सङ्घर्ष लामो छ । १३ वर्षको उमेरदेखि पेशा व्यवसाय गरेका उनले विस २०५७ देखि अनामनगरमा चिया पसलसुरु गरे । सुरुमा नवलपराशीमा गण्डकी गेष्ट हाउस खोले, किराना पसल चलाए । पान पसल पनि गरे । चिया पसलबाट फाईदा नभएपछि शर्मा एकवर्षअघि युरोपका विभिन्न देशमा भौतारिए ।
‘युरोपमा साथीभाइको व्यापार–व्यवसायमा जोडिने भनेर विदेश गए, विदेश र नेपालको लगानीको तुलना गरे। विदेशमा जोखिम देखेँ,’ उनले भने । उनले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको सुनाए।
‘आउन आज चिया पिउँ सँगै, तिमी पारी म वारी बसौंला हेर्दै एक अर्कालाई मुस्काउदै, बोली वचन वारि बसौंला रहछ अति तिमीसँगै पोखरेली चियाको नशामा डुब्ने’ चिया पारखी सुशीला सरोजले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।
चियाका पारखीको ध्यान खिच्न पोखरेलले गज्जको आइडिया र विभिन्न नाराहरु चिया पसल र सामाजिक सञ्जालमा पोष्ट गर्नुहुन्छ । ‘चियामा रोइलो होइन रमाइलो गरौँ। एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ ।
नवलपरासीबाट गेष्टहाउसको व्यवसाय छोडेर काठमाडौँ छिरेका शर्माले अर्घाखाचीका पोखरेल थरका व्यक्तिले अनामनगरमा खाजा पसल खोलेको र उक्त पसल बिक्री गर्ने थाहा पाउनुभयो र व्यावसाय सुरु गर्ने निधो गरे ।
उनले भने, ‘दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासटीलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ’ ।
फरक फरक मसलाको समिश्रण, त्यसैले उनले एउटा कपको रु २५ देखि १३० सम्म लिन्छन् । अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको उनले बताए ।
ग्राहकको स्वास्थ्यलाईसहित आपफ््नो दैनिक जिविको पार्जनका लागि चिया पसल खोलेको बताउदै उनी भन्छन्,“चिया पसल गरेर महल बनाउछु भन्ने मेरो सपना छैन । चियाको एक चुस्की लिदा ग्राहक मुसुक्क हासुन यो नै मेरो खुशी हो ।”
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरुले पोखरेल चिया पिउनुभएको छ । चर्चित पत्रकार, वकिलले पनि चियाको ग्राहक छन् । एक ग्राहकले कम्तिमा दैनिक सात कमसम्म चिया पिउने गरेका छन् । भफ्ण्डै रु २० लाख लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको चेन पनि विस्तर हुदैँछ ।
छिट्टै कतारमा पनि पोखरेल मट्का चियाको शाखा खुल्दैछ भने काठमाडौँका विभिन्न स्थानमा पनि विस्तार गर्ने योजना रहेको पोखरेले सुनाए । शर्माको परिवारको खर्च राम्रोसँग चलेको छ । पाँच जनालाई रोजगारी पनि दिएका छन् ।
विगत २५ वर्षदेखि चिया बेच्दै आएका उनले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाएका छन् ।
ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार उनले पस्किन्छन् ।