NRN
आइतबार दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । २१.६३ अंकले घटेर नेप्से आज २७१४.८५ विन्दुमा बन्द भएको हो । 

आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । 

गत कारोबार दिन अर्थात् बुधबार आठ अर्ब २३ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रूपैयाँ कमी आएको हो ।

आज ३१६ वटा धितोपत्रको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ४.९२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update