सोमबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लाे दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्