NRN
नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता

नेपाल विद्यार्थी संघले पद्मकन्या क्याम्पस स्ववियु चुनावका लागि भूपेश्वरी ऐर (भूपी) नेतृत्वको टिमलाई आधिकारिकता दिएको छ ।

निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै सोमबार नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।

निर्वाचन अधिकृतलाई पत्र पठाउँदै अध्यक्ष शेर्पाले नेविसंघको आधिकारिक समर्थन ऐर नेतृत्वको समूहका उम्मेदवारलाई भएको खुलाएका छन् ।

भोलि (मंगलबार) त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका हुन् ।

ऐर महामन्त्री गगन थापानिकट हुन् भने परियार सभापति शेरबहादुर देउवानिकट हुन् ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update