NRN
नेप्से परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेर २७०४.७० विन्दुमा बन्द भएको हो । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । 

गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ४० करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४३ करोड रूपैयाँ कमी आएको हो ।

आज ३३१ वटा धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएको हो ।

सोमबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन राप्ती हाइड्रोको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ । सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update