NRN
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौ खेलमा जित निकालेको छ ।

पुलिसले सोमबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै अलआउट भयो। 

शीर्ष स्थानको पुलिससँग पराजित भएसँगै अंक तालिकाको पुछारमा रहेको सुदूरपश्चिमले आफ्ना पाँचमध्ये चार खेलमा हार ब्यहोरिसकेको छ। 

सुदूरपश्चिमका लागि शेर मल्लले ३२, मिलन बोहराले २३ रन र ओपनिङ ब्याटर टेक रावतले १२ रन जोडे । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पुलिसका लागि ललितनारायण राजवंशीले ६ विकेट, सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा अलआउट भएको थियो।

पुलिसका लागि आरिफ शेखले बढी ४० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा ४२ रन जोड्ने क्रममा ४७ बलमा खेलेर ५ चौका प्रहार गरे ।

बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिए भने भोजराज भट्टले ३ विकेट हात पारे ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update