
- राजन घिमिरे
एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले सिड्नीको ग्रानभिल पार्कमा आयोजना गरेको होली हंगामा कार्यक्रममा हजारौं नेपालीहरुको सहभागिताले कार्यक्रम भब्य र सभ्य भएको प्रतित गरायो । प्रबासमा नेपालीरूलाई यसरी एउटै थलोमा जमघट गाराएर चाड मनाउंने अबसर प्रदान गरिदिएकोमा सबैले आयोजकप्रति धन्यबाद दिएका थिए ।
ह्वाइट स्पट ग्रुपको प्रस्तुती रहेको सो होली मेलामा अस्ट्रेलियाका चर्चित नेपाली कलाकारहरुको प्रस्तुतीसहित नेपाली खाना र तराई, मधेश झल्किने विशेष प्रस्तुती समेटिएको थियो । ग्रानभिल क्षेत्रकी सांसद जुलिया फीनले होली पर्वको शुभारम्भ गरेकी थिईन -‘ बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला संस्कृतिको सम्मान गर्नु हो -‘ उनले भनिन् । आयोजक संस्था हएन्टाका अध्यक्ष रन्जित शाहले नेपालबाट सात समुन्द्रपारी बिदेश आएपनि आफूहरूले आफनो कला संस्कृति नबिर्सिएको र बिर्सनु नहुने बताए ।
उनको भनाई थियो -‘ यहाँ जन्मेका र हुर्केका पुस्तालाई आफ्नो भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु पर्ने तर्फ जोड दिए -‘ होली हंगामा सफल बनाउंन सहयोग गर्नु हुने र सद्भाव ब्यक्त गर्नु हुने सबै मनहरुलाई धन्यवाद दिन चाहन्छु -‘ शाहको भनाई थियो । कार्यक्रममा गायक सुदीन पोखरेलको गीतले युवावर्गमा निकै रंग ल्याएको थियो ।
यस्तै निर्देशक सोभित बस्नेतले बन्दै गरेको नयाँ चलचित्र पीआरको चर्चा गर्दै यसका कलाकारलाई स्टेजमा उतारेका थिए । होली हंगामामा कलाकारहरु आरीफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी , उल्सन श्रेष्ठ , समय ब्यान्ड, डीजे नटकेस, मानस राज , जेनिशा गौतम लगायतको बिशेष प्रस्तुती रहेको थियो |