NRN
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत चैत १ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।

सोमबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा सुनको कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update