स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव

काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । यहाँ मंगलबार चुनाव तय भएको थियो ।
एमाले निकट अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि क्याम्पस प्रमुखले सूचना जारी गर्दै आरआरको स्ववियु चुनाव रोकिएको जानकारी दिएका हुन् ।
क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।विद्यार्थी संगठनसँगको छलफलपछि अर्को मिति तोकिने निर्वाचन समितिले जानकारी दिएको छ ।
आरआरमा अनेरास्ववियु र अनेरास्ववियू गठबन्धन गरेर चुनाव लडेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्