NRN
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ

प्रहरीले काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकमसहित पक्राउ गरेको हो । बरामद भएको रकममा युरो र अमेरिकी डलर भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update