
शैक्षिक परामर्शदाताको रूपमा बाबा एजुकेशन कन्सल्टेन्सीको आफ्नै नाम, शान र उचाई छ । यसले शिक्षा क्षेत्रमा बिध्यार्थीहरूबाट हात पारेको बिश्वास र जितेको मन सांच्चै उल्लेखनीय रहंदै आएको छ ।
शैक्षिक क्षेत्रसंगै बाबाले अष्ट्रेलियाको नेपाली समाजका लागि दिएको योगदान र जनाएको उपस्थिति कम छैन । अष्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रम होस या नेपाली चलचित्रको प्रदर्शन नै किन नहोस, बाबाले साथ र सहयोग नगरेको कमै कार्यक्रम होलान् ।
अष्ट्रेलियाको नेपाली समाजका लागि साथ, सहयोग र सद्भाब प्रदान गर्दै आएको बाबाले यो हप्ता सिड्नीमा गरेको बाबा होली मेला चर्चामा रह्यो । हजारौं नेपालीहरूलाई एउटै थलोमा जमघट गराएर प्रबासमा होली मनाउंने अबसर जुटाई दिएकोमा उपस्थिति नेपालीहरूले बाबा एजुकेशनलाई धन्यबाद दिएका थिए -‘ हामी निकै खुशी छौं । हाम्रो कार्यक्रमलाई मन पराई दिनु भएर हाम्रो योजना र उद्देश्य सफल पार्न साथ दिनु हुने सबैमा हामी कृतज्ञ छौं -‘ बाबा एजुकेशनका प्रमुख रबिन्द्रकुमार शर्माले भने ।
बाबा होली मेलामा गायक शिब परियार, मानस राज, आमेश भण्डारी र नटकेश लगाएतकाले प्रस्तुत गरेको गित - संगीतले कार्यक्रममा रौनकता थपेको थियो । रबिन्द्वले आगामी दिनहरूमा पनि बाबाले नेपालीहरू जमघट गराउंने बिभिन्न कार्यक्रमहरूको अयोजनालाई निरन्तरता दिंदै जाने कुरा बताएका छन् ।