
नेकपा (माओवादी केन्द्र) को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ ।
फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो ।
अब भने फेरी यहि चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए ।
मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू भोलि (बुधवार) बाराको सिमरा जाने छन् । मधेसको कार्यक्रम सकेर ९ गते चितवनको अभियानमा सहभागी हुने छन् ।
यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै, नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।
यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।