NRN
बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा घट्यो चाँदीको मूल्य

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । 

मंगलबार प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ । 

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ ।

मंगलबार प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update