अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्मै मागे माफी

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन् । बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिंदै माफी मागेका हुन् ।
'यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित सांसद र जनमानसमा नकारात्मकअसर परेको भए उहाँहरुको सम्मान गर्दै क्षमायाचना गर्न चाहान्छु,' उनले भने ।
यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १२:१५
प्रतिक्रिया दिनुहोस्