श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार नेपालीले राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपालीलाई फागुन १९ गते राजदूत पदमा नियुक्त गरेका थिए ।
त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्