NRN
लगातार चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो ।

यस दिन नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा बन्द भएको हो । बुधबार कारोबार रकम भने बढेको छ । 

गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १४ करोडको कारोबार भएको छ ।

यो रकम अघिल्लो दिनको तुलनामा ८० करोड रूपैयाँ वृद्धि भएको हो । आज ३११ वटा धितोपत्रको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटाको घटेको छ । यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ ।

बुधबार सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १५२ रूपैयाँ पुगेको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update