बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-1742276041.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन स्थिर रहेको हो ।
बुधबार प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।
त्यसैगरी, बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्