NRN
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस

कोशी प्रदेश सभाको हिउँदे अर्थात् छैटौं अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने भएको छ । 

प्रदेश मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली - २०८१  स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update