NRN
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आज पनि घटेको छ । साताभर घटेको बजार परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको हो ।

आज बजार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको छ । आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

बजारमा आज १७५ कम्पनीको मूल्य घटेको घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । आज नेपाल पुनर्बीमा कम्पनी तथा हिमालयन पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् । 

सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update