खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग

कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन् ।
कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् ।
अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।
उनीहरूले 'खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद'को नारा लगाएका थिए । संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १५:५१
प्रतिक्रिया दिनुहोस्