आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेको हो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।
बिहीबार चाँदी प्रतितोला दुई हजार ३० रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्