सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल

सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । उनलाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् ।
औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १३:१०
प्रतिक्रिया दिनुहोस्