
- राजन घिमिरे
शैक्षिक परामर्शदाताको रूपमा बिध्यार्थीहरू मांझ स्थापित र चर्चित सेन्ट्रल कलेज सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आइरहेको छ । शिक्षा बाहेक पनि अन्य बिधाहरूमा पनि दह्रो उपस्थिति जनाउंदै आएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिंग प्रा. लिले राष्ट्रिय महिला फुटबल खेलाडीहरूलाई सम्मान गरेको छ । कलेजले यो सम्मान कार्यक्रमको आयोजना आफ्नै भबनमा गरेको थियो ।
लामो समयदेखी खेलकुद क्षेत्रमा आफ्नो सहभागिता जनाउदै आएको कलेजले जिल्लामा आएका राष्ट्रिय महिला फुटबल खेलाडीहरूलाई सम्मान गरेको थियो । कलेजका प्रिन्सीपल यज्ञ विलास पौडल (वाईबी) ले खेलाडीहरूलाई सम्मान पत्र र नगद हस्तान्तरण गर्नु भएको थियो ।
फुटवल मार्फत राष्ट्रको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुनु भएकोमा खेलाडीहरूलाई सम्मान गरिएको जानकारी पौडलले दिनु भयो ।