NRN
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबाको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update