
अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन् ।
आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन् । अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।
प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हांसिल गर्न चाहने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै आएको । बिगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया ,क्यानडा, यू के, अमेरिका, डेनमार्क, न्यूज ल्याण्ड, फिन ल्याण्ड र यूरोप लगायत अन्य देशहरूमा उच्च शिक्षा लिन जान चाहनु हुने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै भिषा सम्बन्धि सम्पूर्ण काम गर्दै आइरहेको छ ।
ब्राण्ड ऐम्बेष्डरको रूपमा नियुक्त भएपछि अभिनेत्री दिब्या रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासंग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन् -‘ शैक्षिक बिधामा आफूले जानेको ज्ञान र अनुभब बिध्यार्थीहरूसंग बांड्ने छु । साथै बिध्यार्थीहरूसंग सहकार्य गर्ने छु -‘ रायमाझीले भनिन् ।
यसैबीच यूबा पुस्ता माँझ चर्चित अभिनेत्री आफ्नो संस्थामा आबद्द भएपछि संस्थाको गरिमा बढेकोमा संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले प्रसन्नता ब्यक्त गरे ।
ब्राण्ड एम्बेष्डरका रूपमा नियुक्त भएपछी अब दिब्या रायमाझीले संस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् । यसैबीच अभिनेत्री दिब्या रायमाझीको उपस्थितिमा मार्च २७ तारेखका दिन सस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।