भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए, हत्याको आशंका

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।
मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको प्रहरीले जनाएको छ । उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।
राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन सक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ । शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।
मृतकको राईका तीन छोराहरु रहेको प्रहरीको भनाइ छ । जेठो छोरा ग्रिसमा र बाँकी दुई छोरा भने नेपालमै रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्