NRN
सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन प्रतितोला छ सय रूपैयाँ घटेर आज प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update