NRN
सोमबार अस्ट्रेलियन डलरको मूल्य घट्दा अमेरिकी डलरको मूल्य भने स्थिर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरेको विनिमयदर अनुसार सोमबार अस्ट्रेलियन डलरको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

आइतबार एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसामा कारोबार भएको अस्ट्रेलियन डलर सोमबार एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यसैगरी, आइतबार एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको अमेरिकी डलर राष्ट्र बैङ्कका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा तोकिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update