
नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको हुन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन् । महाधिवेशनमा ४७० मत खसेको थियो ।
गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो । शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो । सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो ।
विकास थापा नेता शेखर कोइरालानिकट हुन् भने कल्पना खड्का प्रवक्ता प्रकाशशरण महतनिकट हुन् ।अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट हुन् । चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो ।
उपाध्यक्षमा उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गरेर निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरेले ३३९ मत प्राप्त गरेर गैह्रे निर्वाचित भइन् ।
यस्तै, महामन्त्रीमा ३४९ मत प्राप्त गरेर गणेशबहादुर खत्री र ३५५ मत पाएर किरण पासवान निर्वाचित भएका छन् ।