NRN
राखेपका नवनियुक्त सदस्य प्रयासको स्वागत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त सदस्यलाई स्वागत गरेको छ । 

राखेपको सदस्यमा भएका नियुक्त प्रयास कार्कीलाई सदस्य सचिव टंकलाल घिसिङले सोमबार कार्यालयमा स्वागत गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update