
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले चौथो जित निकालेको छ ।
सोमबार दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेपछि बागमती अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
यो बागमतीको चौथो जित हो भने कर्णालीको चौथो हार हो । ८ खेल खेलेको बागमतीले ४ जित र ४ हार बेहोरेको छ । त्यस्तै, कर्णाली पनि समान खेलबाट ४जित र ४ हार सहित ८ अंकमा रहेको छ ।
कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै ६.३ ओभरमा पूरा गर्यो ।
बागमतीका लागि आशुतोष घिरैयाले २० बलमा नटआउट १९ रन बनाए भन इशान पाण्डेले ११ बलमा २२ रन जोडे । शुभ कंसाकारले ९ बलमा नटआउट १६ रन बनाए ।
खेलमा रिजन ढकाल प्लेयर अफ दि म्याच भए ।
पहिले ब्याटिङ गरेको कर्णाली १९.१ ओभरमा ५८ रनमै अलआउट भयो ।
कर्णालीका लागि सुनील धमलाले १५ रन जोडे । अरु कोही पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सफल भएनन् ।
बलिङमा बागमतीका रिजन ढकालले ५ विकेट र सूर्य तामाङले ४ विकेट लिए । रिजनले ८.१ ओभरमा १ मेडन राख्दा १९ रन दिए । सूर्यले ७ ओभरमा २ मेडन राखे भने १७ रन खर्चिए ।