NRN
सोमबार नेप्से ०.९९ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा

सोमबार उच्च उतारचढाव देखिएको बजार बन्द हुने समयमा नेप्से २६.१० अंकले बढेको छ । सोमबार नेप्से ०.९९ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकममा भने गिरावट आएको छ । 

गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ४८ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२६ वटा धितोपत्रको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच भएको हो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। 

त्यस्तै, सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ९६६ रूपैयाँ ६० पैसामा ३२ करोड ६९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २०४ रूपैयाँमा १५ करोड २९ लाख बराबरको सेयर कारोबार भएको छ ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update