
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल १० महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा १ बजे मतदाता नामावली प्रकाशित गरेर साढे ४ बजे निर्वाचन परिणाम घोषणा गर्ने उल्लेख छ ।
मतदान नगराइ ‘सर्वसम्मत’ नेतृत्व छनोट गर्ने तयारी सहित यो सूचना जारी भएको हो । सूचनामा ‘बन्दसत्रले सर्वसहमत निर्वाचन गर्नका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको’ उल्लेख छ ।
प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई प्रमुख आकांक्षी हुन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । सोहीअनुसार अध्यक्ष मण्डलले निर्वाचन नगराउने तयारी गरेको चर्चा प्रतिनिधिहरुले गरिरहेका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ ।
मतदानको समय सूचनामा उल्लेख नै छैन । मतदान केन्द्र भने बिराटनगरको होटल मनास्लु इनमा तोकिएको छ ।