मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-1742707670.jpg)
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलना सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्