एएफसी एसियन कप २०२७ छनोट : नेपाल र मलेसिया भिड्दै

एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेल्दैछ ।
खेल मंगलबार नेपाली समयअनुसार राति ७:४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ ।
नेपाल रहेको समूह 'एफ' मा भियतनाम, लाओस र मलेसिया छन् । यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा हुन लागेको हो ।
यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक १-० गोलको जित निकाल्यो ।
फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा छ । मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२ औं स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ १२:२५
प्रतिक्रिया दिनुहोस्