NRN
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू अनशनमा

सामुदायिक विद्यालयका शिक्षकहरू विगत एक सातादेखि रिले अनसन बस्दै आएका छन् ।

शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन सुरु गरेको छ ।

विगत ६ दिनदेखि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म शिक्षकहरू अनसन बस्दै आएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राज्यले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेका कारण शिक्षकहरू आन्दोलनमा जान बाध्य भएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update