
मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकममा भने वृद्धि भएको छ ।सोमबार चार अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब १८ करोडको कारोबार भएको छ ।
यो रकम अघिल्लो दिनको तुलनामा ७० करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३२५ वटा धितोपत्रको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो । मंगलबार ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ९३८ रूपैयाँ ५० पैसामा २३ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५० रूपैयाँमा २१ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।