आज (बुधबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्