इटहरीको सेन्टर प्लाजामा आगलागी

सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको जनाइएको छ ।
नौ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् ।
आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आगलागीको कारणबारे खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १२:०६
प्रतिक्रिया दिनुहोस्