NRN
काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ

काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

बुधबार दिउँसो प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ । उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

प्रहरीमा जिसस प्रमुख गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update