NRN
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । 

बुधबार दिउँसो ३ बजे बसेको दोस्रोपटकको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो । 

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जबाफ दिनुपर्ने माग राख्दै विपक्षी दलका सबै सांसदहरू कुर्सीबाट उठेर विरोध जनाएका थिए । 

बिहान ११ बजे बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । 

त्यसपछि, दिउँसो ३ बजे बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update