एकैदिन प्रतितोला १३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार २० रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १२:०३
प्रतिक्रिया दिनुहोस्