NRN
जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।

जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो। उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।

गौतम नेकपा एकीकृत समाजवादीका नेता हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update