NRN
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभा बैठक स्थगित

प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे ।

प्रतिस्थापन विधेयकको प्रक्रिया नै रोकेर अघि बढ्दा आफ्नो दायित्वबाट चुकिने तर्क गर्दै अवरोध नगर्न आग्रह गरे ।

विपक्षी दलका सांसदहरूले निरन्तर उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरे । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update