NRN
बिहीबार पनि उच्च अंकले बढ्यो नेप्से परिसूचक, ४१.६७ अंकले बढेर २६६३.३० विन्दुमा

साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ । बिहीबार ४१.६७ अंकले बढेर २६६३.३० विन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।

बुधबार चार अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार पाँच अर्ब २२ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०९ वटा धितोपत्रको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको हो । बिहीबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटाको घटेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढे ।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो, जसको मूल्य १.५ प्रतिशत घट्यो । 

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update