दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको जनकमाण्डर

नवराज सुवेदी संयोजकत्वको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डर तोकेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले जनकमान्डरमा प्रसाईंलाई तोक्ने निर्णय सार्वजनिक गरेको हो । प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुनेमा प्रदर्शन हुँदैछ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा राप्रपा नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए ।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा नै राजसंस्था पुनर्स्थापना आन्दोलन गर्ने घोषणा गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १६:३१
प्रतिक्रिया दिनुहोस्