NRN
प्रोफाइलको यूके एडमिसन डे सम्पन्न, पाँच सय बिध्यार्थीहरूको सहभागिता

काठमाण्डौमा यो साता यू के एडमिसन डे शैक्षिक मेलाको आयोजना गरियो । मेला प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको हो ।

मेला कन्सल्टेन्सीकै कार्यालय पुतली सडक न्यू प्लाजामा सम्पन्न भएको थियो । पछिल्लो समय उच्च शिक्षा अध्यन गर्न यूके जान चाहने बिध्यार्थीहरूको चापलाई ध्यानमा राखेर उनीहरूलाई शैक्षिक ज्ञान दिने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी संस्थाका नबराज प्रसाई र नितेश उप्रेतीले दिए ।

प्रोफाईलले यूके लगायत अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र यूरोपियन मूलुकहरूमा उच्च शिक्षा लिन जान चाहने नेपाली बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै आइरहेको छ ।

यूके एडमिसन डेमा यूकेका चर्चित कलेज एबं यूनिभर्सिटीका प्रतिनिधिहरूले शैक्षिक परामर्श दिएका थिए । मेलामा पाँच सय भन्दा बढी बिध्यार्थीहरूको सहभागिता रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update